एमसीसीबारे एकीकृत समाजवादीका नेता छलफलमा

हेटौँडा/ नेकपा एकीकृत समाजवादीका नेताहरुको बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बसिरहेको छ। संसदमा टेबल भएको एमसीसीका विषयमा छलफल केन्द्रित रहेको बताइएको छ। छलफलमा एमसीसीबारे रणनीति बनाउने तयारी रहेको नेकपा एसका एक नेताले बताए।

पार्टी अध्यक्ष माधवकुमार नेपाल राष्ट्रिय सहमतिबाट एमसीसी पास गर्न सकिने पक्षमा छन् भने सम्मानित नेता झलनाथ खनाल कुनै पनि हालतमा एमसीसी पारित गर्न नहुने अडानमा छन्। अध्यक्ष नेपालले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए। छलफलमा अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाल, विरोध खतिवडालगायत सहभागी छन्।

 

मुख्य समाचार राजनीति