काग्रेश मकवानपुरको १४ औं जिल्ला अधिवेशन आज,भोली मतदान हुने

हेटौँडा/ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आजबाट नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन हुँदै छ । निर्वाचन कार्यतालिका अनुसार जिल्ला कार्य समितिको लागि आज आइतबार उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने र सोमबार भोली मतदान हुने छ ।

नेपाली कांग्रेस मकवानपुरको जिल्ला कार्यसम्पादन र कांग्रेस जिल्ला निर्वाचन समितिको शुक्रबार बसेको संयुक्त बैठकले १४ औं जिल्ला अधिबेशन अन्तर्गत फागुन १५ गते विहान ९ बजेदेखि १ बजेसम्म मनोनयन दर्ता, १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन बेलुका ६ः३० बजे गर्ने निर्णय गरेको छ । यस्तै मतदान भने फागुन १६ गते सोमबार विहान ८ बजेबाट हुनेछ ।

नेपाली कांग्रेस मकवानपुरको नयाँ नेतृत्वको लागी हालका सचिव बुद्ध लामा, निवर्तमान हेटौंडा नगरसभापति आनन्दराम पराजुली र जयराम लामिछानेले दावी गरेका छन् । नेता लामीछानेले आफ्नो प्यानको पदाधिकारी चयन गरिसकेका छन् भने लामा र पराजुलीले मनोनयन दर्ता गर्ने समयसम्ममा आफ्नो प्यानल सार्वजनिक गर्ने बताएका छन् । चुनावी कार्यक्रम हेटौंडा–१ चौकीटोलामा हुने जनाईएको छ ।

मुख्य समाचार राजनीति समाचार