मा‌ओवादी केन्द्रकाे संसदीय दलकाे बैठक बस्दै

हेटौँडा/ सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्ने भएको छ । बैठक नयाँ बानेश्वरको संघीय संसद् भवनमा रहेको ल्होत्से हलमा बस्नेछ ।

व्याख्यात्मक घोषणासहित अमेरिकी सहयोग परियोजना (एमसिसी) पारित हुने सहमति भएपछि बैठक बस्न लागेको हो। प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा सो सहमति भएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । ‘व्याख्यात्मक घोषणासहित एमसिसी संसदबाट पास गर्न सत्ता गठबन्धनमा सहमति भएको छ,’ बैठकपछि सञ्चारकर्मीसँग पौडेलले भने ।

आज बिहान सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्ने निर्णय गरेको थियो ।

मुख्य समाचार राजनीति