कोरोनाविरुद्धको ९२ लाख मात्रा फाइजर खोप नेपाल आउदैँ

हेटौँडा/ नेपालमा कोरोनाविरुद्धको ९२ लाख मात्रा फाइजर खोप आउने भएको छ। केही हप्ताभित्रै १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई खोप दिन सरकारले थप ९२ लाख मात्रा फाइजर खोप आउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाअन्तर्गत रहेको आपूर्ति शाखाले जनाएको छ ।

सरकारले यसअघि १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई फाइजर र मोडर्ना खोप दिँदै आएको थियो। नेपालमा अहिलेसम्म कोभिसिल्ड, भेरोसेल, एस्ट्राजेनेका, जन्सन फाइजर र मोडर्ना खोप कोभिडविरुद्ध प्रयोग हुँदै आएको छ।

सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप दिने निर्णय गरिसकेको छ। त्यसका लागि ८४ लाख मात्रा खोप समेत खरिद प्रक्रिया अगाडि बढाइएको छ। अब छुटेका बालबालिकालाई पहिलो मात्रा, पहिलो लगाएकालाई दोस्रो मात्रा र आवश्यकताअनुसार बुस्टर डोजका लागि पनि यो खोप लगाउने तयारी भइरहेको छ ।

 

 

समाज