सभापतिका ३ जना उम्मेदवारले गराए मनोनयन दर्ता

हेटौँडा/ आसन्न नेपाली कांग्रेस मकवानपुरको १४ औ अधिवेशन अन्तर्गत सभापतिका ३ जना उम्मेदवारले आफ्नो मनोनयन दर्ता गराएका छन्।

सम्पर्क कार्यालयबाट रयाली सहित मनोनयन दर्ता गर्न हेटौडा-२ मा रहेको कांग्रेस पार्टी कार्यालय पुगेका सभापतिका तिन जना उम्मेदवार आनन्दराम पराजुली,बुद्ध लामा र जयराम लामिछानेले प्यानल सहित तोकिएको समयमा उम्मेदवारीको मनोनयन दर्ता गरेको जिल्ला निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीले बताए।

पार्टी कार्यालयमा विहान ९ बजेदेखि १ बजेसम्म मनोनयन दर्ता, १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन बेलुका ६ः३० को कार्य तालिका रहेको र मतदान फागुन १६ गते सोमबार विहान ८ बजेबाट सुरु हुने जनाएका छन।

राजनीति समाज