एमसीसी सम्झौताको सैद्धान्तिक छलफल सकियो, आजै संसदबाट अनुमोदन गर्ने तयारी

काठमाण्डौ । सरकारले प्रतिनिधिसभामा पेस गरेको एमसीसी सम्झौताको सैद्धान्तिक छलफल सकिएको छ ।

एमसीसीको छलफल सम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत भएसँगै सम्झौतामाथिको सैद्धान्तिक छलफल सकिएको हो । अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथिको सैद्धान्तिक छलफलका लागि बैठकमा प्रस्तुत गर्नुभएको थियो । त्यस लगत्तै विभिन्न दलका सांसदहरूले एमसीसी परियोजनामाथि आफ्नो धारणा राखेका थिए । छलफलमा सांसदहरूले राखेका धारणाको अर्थमन्त्री शर्माले जवाफ दिएपछि सभामुख सापकोटाले सामान्य छलफलको प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई ध्वनि मतले पारित गरिएको छ ।

सभामुख सापकोटाले आजै साँझ साढे ६ बजेको अर्को बैठक आह्वान गर्नुभए पनि अहिलेसम्म शुरु हुन सकको छैन । फागुन ८ गते बसेको संसद् बैठकबाट एमसीसी परियोजना अनुमोदनका लागि टेबल भएको थियो । एमसीसीलाई आजै सरकारले अनुमोदन गर्ने तयारी गरेको छ ।

यसैबीच, आज बसेको मन्त्रिपरिषद बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीको व्याख्यात्मक घोषणा ग्रहण गरेको छ । संघीय संसद भवनभित्रै ६ मिनेटका लागि बसेको मन्त्रिपरिषदको बैठकले एमसीसीको व्याख्यात्मक घोषणाको ग्रहण गरेको हो । प्रतिनिधिसभा बैठकमा एमसीसी सैद्धान्तिक छलफल सकिएलगत्तै मन्त्रिपरिषद बैठक बसेको हो ।००००

मुख्य समाचार राजनीति समाचार