संसद् भवन अगाडि शङ्कास्पद वस्तु भेटियो

हेटौँडा/ संसद् भवन रहेको नयाँ बानेश्वरमा शङ्कास्पद वस्तु भेटिएको छ । संसद् भवनको अगाडि सडकको बीच भागमा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार मोटरसाइकलमा आएका एक व्यक्तिले त्यहाँ शङ्कास्पद वस्तु राखेर हिँडेका जानकारीमा आएको छ । घटनाको अनुसन्धान भइरहेको छ । सेनाको बम डिस्पोजल टोली त्यहाँ पुग्दै छ ।

शङ्कास्पद वस्तु भेटिएपछि नयाँ बानेश्वरको बीच सडकमा गाडी चलाउन रोक लगाइएको छ । अहिले दायाँ र बायाँका लेनबाट मात्रै गाडी पास गराइएको प्रहरीले जनाएको छ

 

मुख्य समाचार समाचार समाज