रातोमाटेमा बल्कर गाडीको सिसा तोडफोड

हेटौँडा/ सदनबाट एमसीसी पारित गरिएको विरोधमा विप्लव नेकपा सहित ६ पार्टीले संयुक्त रुपमा सोमबार आव्हान गरेको नेपाल बन्दका कारणमा मकवानपुरमा सामान्य प्रभाव परेको छ।

यसैक्रममा बन्दको अवज्ञा गरेको भन्दै विप्लव नेकपा कार्यकर्ताले हेटौंडा-१५ रातोमाटे जंगलमा रिद्धसिद्धि सिमेन्ट उद्योग तर्क जादै गरेको प्रदेश ३-०३-००१ ख ०१७५ नम्बरको बल्कर गाडीको सिसा तोडफोड र आगजनी गरेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताएका छन्।

त्यसैगरी सोमबार बिहान बन्दकर्ता हेटौडा-१९ बस्तिपुरमा ना ६ ख ३४९१ नम्बरको ट्रकको सिसा फुटाएका थिए भने टायर बालेर सडक अवरुद्ध गरेको थिए।सम्भावित दुर्घटनालाई मध्यनजर गरेरअहिले राजमार्ग आसपासको क्षेत्रमा र बजारमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको डिएसपी रिमालले बताएका छन्। रातोमाटेमा प्रहरी पुगिसकेको जनाइएको छ।

समाज