कांग्रेस मकवानपुरको अधिवेशन अन्तर्गत मतदान सुरु

हेटौँडा/ नेपाली कांग्रेस मकवानपुरको १४ औ अधिवेशन अन्तर्गत भर्खरै मतदान प्रकृया सुरु भएको छ। निर्धारित समय भन्दा ३ घण्टा ढिलो गरी भर्खरै हेटौंडा-१ चौकिटोलमा रहेको डल्फीन चौरमा मतदान प्रकृया सुरु भएको जिल्ला निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीले बताएका छन्।

कांग्रेस मकवानपुरको आगामी नेतृत्वका लागि सभापतिमा आनन्दराम पराजुली,बुद्ध लामा र जयराम लामिछानेको प्यानल चुनावी मैदानमा रहेका छन्। यता विभिन्न ८ वटा कल्टरमा ८ जना निर्विरोध निर्वाचित भइसकेका छन्। मतदान प्रकृयामा जिल्लाभरबाट निर्वाचित भएका १८५३ जना क्षेत्रीय प्रतिनिधिहरु(बुथ प्रतिनिधिलले) भोट खसाल्ने छन्।सभापतिका उम्मेदवार आनन्दराम पराजुली,बुद्ध लामा र जयराम लामिछानेले मतदान गरिसकेका छन्।

समाज