१२ वर्षमाथिका ९२ प्रतिशत किशोरकिशोरीले लगाए पहिलो मात्रा खोप

हेटौँडा/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा १२ वर्षमाथि कोरोना भाइरस विरुद्धको खोप लगाउने किशोरकिशोरीको सङ्ख्या ९२ प्रतिशत पुगेको जनाएको छ । उनीहरूले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् ।

जसमा ७४ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । यस्तै १८ वर्ष माथिका ९३ प्रतिशतले पहिलो मात्रा र ७९ प्रतिशतले पूर्ण मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ । हालसम्म ३ करोड ६९ लाख ४३ हजार २४२ मात्रा खोप लगाइएकोमा १ करोड ८४ लाख ६९ हजार ४ सय ४५ पहिलो मात्रा, १ करोड ७२ लाख ८२ हजार १ सय ३८ पुर्ण मात्रा खोप लगाइएको छ ।

१० लाख ९१ हजारभन्दा धेरै बुस्टर मात्रा खोप लगाइएको छ । मन्त्रालयका प्रवक्ता डा। सङ्गीता कौशल मिश्रले १२ वर्षदेखि माथिका व्यक्तिलाई कोभिड १९ विरुद्धको खोप अनिवार्य लगाउन आग्रह गरेका छन् । सरकारले चैत मसान्तसम्म १८ वर्ष माथिका शत प्रतिशत नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ ।

समाज स्वास्थ्य