प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

हेटौँडा/ प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

सोमबार दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिइन् ।

उनका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा विभिन्न मन्त्रालयका नियमित एजेण्डामाथि छलफल हुनेछ ।

मुख्य समाचार राजनीति समाचार