सोमबार एक जनामा कोरोना पुष्टि

हेटौँडा/ मकवानपुरमा सोमबार एक जनामा कोरोना पुष्टि भएको छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा १६ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा एक जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका अनुसार जिल्ला हाल २८ जना सक्रिय संक्रमित रहेका छन् । ती सक्रिय संक्रमितमध्ये हेटौंडा उपमहानगरमा २७ जना र थाहा नगरपालिकामा १ जना रहेका छन् ।

जिल्लाको राक्सिराङ, इन्द्रसरोबर बागमती, भीमफेदी, राक्सिराङ्, कैलाश, मकवानपुरगढी र बकैया गाउँपालिकामा सक्रिय संक्रमितको संख्या शुन्य रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

समाज