मकवानपुरमा लागूऔषध गाँजासहित चार जना पक्राउ

हेटौँडा/ मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा भीमफेदी गाउँपालिका वडा नम्वर ५ बस्ने ३२ वर्षीय सविन रिजाल, भीमफेदी–८ बस्ने २५ वर्षीय सोमसिङ घलान, ५० वर्षीय संचरसिङ घलान र ६० वर्षीया जुठी माया घलान रहेका छन् ।

प्रहरीले जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर २ भैंसेस्थित सडकखण्डबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।उक्त सडकखण्डमा भीफेदीबाट हेटौंडातर्फ जाँदै गरेको बा ३ ००१ च ११४४ नम्बरको तरकारी बोक्ने गाडीलाई उक्त स्थानमा चेकजाँच गर्दा लुकाई ल्याएको उक्त परिमाणको गाँजा बरामद भएपछि निजहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

समाज