एमसीसीको व्याख्यात्मक घोषणा जनता झुक्याउने अस्त्रः ओली

 

काठमाण्डौ । प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले एमसीसी सम्झौता मुलुकको प्रतिकूल नहुने गरी कार्यान्वयन हुनुपर्ने बताएको छ ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गरी एमालेले एमसीसी सम्झौताबारे आफ्नो धारणा सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बाल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसी सम्झौता संसद्बाट अनुमोदन भइसकेको र अब राष्ट्रको प्रतिकूल नहुने गरी कार्यान्वयन हुनुपर्ने बताउनुभयो ।

पारित भइसकेको परियोजनाका बारेमा राष्ट्रको जनमतलाई थप विभाजित गर्नु हानिकारक हुने उहाँको भनाई थियो । अध्यक्ष ओलीले एमसीसी अनुमोदन गर्दाको व्याख्यात्मक घोषणा सत्ता गठबन्धनले जनतालाई झुक्याउनको लागी मात्रै ल्याएको जिकिर गर्नभयो ।

संसद्को सबैभन्दा ठूलो दल नेकपा एमालेलाई बाहिर राखेर राष्ट्रिय महत्वको विषयमा निर्णय गरिएको र यसले संसदीय अभ्यासको उपेक्षा गरिएको उहाँको आरोप थियो ।

मुख्य समाचार राजनीति समाचार