प्रतिनिधसभा बैठक दिउँसो १ बस्दै

हेटौँडा/ प्रतिनिधसभा (संसद) बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको संघीय संसद सचिवालयले जनाएको छ । एमसीसी अनुमोदन भएपछि आज पहिलो पटक संसद बैठक बस्न लागेको हो ।

गत आइतबारको संसद बैठकबाट एमसीसी सम्झौता अनुमोदन भएको थियो । त्यसपछि बैठक स्थगित भएको थियो । संसद सचिवालयका अनुसार आजको बैठकमा सूचना आयोगको वार्षिक प्रतिवेदन पेस गर्नेलगायतका सम्भावित कार्यसूची रहेका छन् ।

राजनीति समाचार