गोलाप्रथाबाट संसद बनेका राष्ट्रियसभाका २० जनाको समय सकियो, को को हुन ?

काठमाडौं । २०७५ असार ४ मा भएको गोलाप्रथाबाट राष्ट्रियसभाका सदस्या बनेका २० जना संसदको समय आजबाट सकिने भएको छ । चारवर्षे कार्यकालका चिठ्ठा समाएका २० जना संसदको सयम आजदेखि सकिएको हो । २०७४ सालमा निर्वाचित भएर गोलाप्रथावाट चारवर्षे कार्यकालमा परेका २० सांसदको पदावधि आजबाट सकिँदैछ ।

एमालेबाट चक्रप्रसाद स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, रामलखन चमार र सुमनराज प्याकुरेलको आज समय सकिदै छ ।

कांग्रेसका तारादेवी भट्ट, राधेश्याम अधिकारी रदृगनारायण पाण्डेको समय सकिएको हो । नेकपा माओवादी केन्द्रका खिमकुमार विक, जीवन बुढा, दीनानाथ शर्मा र शशीकला दाहालको पदावधि पनि आजबाट सकिँदैछ ।

नेकपा एकीकृत समाजवादीका उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्तिकुमारी अधिकारी जिसी र शेरबहादुर कुँवरको पद पनि आजबाट समाप्त हुँदैछ । मनोनित सांसद रामनारायण विडारी पनि राष्ट्रियसभाबाट बिदा हुनेछन् ।

मुख्य समाचार राजनीति