कोरोना संक्रमितको संख्या सयभन्दा कम, ३६२ जना डिस्चार्ज

काठमाडौं । नेपाल दैनिक कोरोना संक्रमितको हुनेको संख्या एक सयभन्दा तल झरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । ६ हजार २ सय २० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६७ र एन्टिजेन विधिबाट २४ जनामा सङ्क्रमण पुष्टि भएकोे छ । यस्तै, आज थप ३ सय ६२ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा कुनैपनि कोरोना संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९ सय ४७ जना रहेका छन । पछिल्लो २४ घण्टामा थप २ लाख ८ सय ६१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म ३ करोड ७६ लाख ८२ हजार ८९० मात्रा खोप लगाइसकिएको मन्त्रालयले जनाएको छ ।००००

प्रदेश समाचार मुख्य समाचार समाचार स्वास्थ्य