लागु औषध खैरो हिरोइन सहित हेटौडाका दुई जना युवा पक्राउ

हेटौँडा/ लागु औषध खैरो हिरोइन सहित हेटौडाका दुई जना युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा हेटौडा १० का २३ वर्षीय ठिल्ले लामा तामाङ र पछाडी सवार हेटौडा ४ बस्ने २६ वर्षीय अजय घले रहेका छन । पथलैयाबाट हेटौडा तर्फ आउदै गरेको बा ९९ प ३०४१ नम्बरको मोटरसाईकललाई चेकजाँज गर्ने क्रममा उक्त परिणामको लागूऔषध सहित पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१५ रातोमाटेमा ७.६ मिलीग्राम खैरो हिरोइन सहित दुई युवा पक्राउ परेका हन्।

लागुऔषध खैरो हिरोईन र मोटरसाइकल सहित पक्राउ परेका उनीहरुलाई १५ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान सुरु गरिएको जनाइएको छ।

समाज