मनकामनामा पशुधन संरक्षण सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम

२३ फागुन,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ३, मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लि.मा पशुधन संरक्षण सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम शुरु भएको छ ।

संस्थाका अध्यक्ष अर्जुन प्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश पशुपन्छी तथा मत्स्य विकास मन्त्रालयका सचीव डा. शरण कुमार पाण्डेको प्रमुख आतिथ्यता रहेको छ ।

कार्यक्रमका विशेष अतिथि शिखर इन्स्योरेन्स कम्पनीका जिएम पुष्कर महतले पशुधनको सुरक्षणको लागि बिमाको आवश्यकता रहेको भन्दै यस कम्पनीबाट बिमा गरिएको पशु तथा बालीको क्षती भएमा समयमै बिमा रकम उपलब्ध गराउने बताउनुभयो ।

कार्यक्रमका सहभागीहरुले बिमा गराएका पशुको क्षती हुँदा समयमा क्षती रकम नपाएको गुनासो गरेका थिए ।

सरकारले पशु तथा बाली बिमाको लागि शिखर इन्स्योरेन्स कम्पनीलाई आधिकारिक बिमा कम्पनीका रुपमा तोकेको छ ।

कार्यक्रममा मकवानपुरगढी गाउँपालिका वडा नं ३ का वडाध्यक्ष भागवत घिमिरे , शिखर इन्स्योरेन्स हेटौंडा शाखाका प्रमुख प्रमोद पोखरेल ,संस्थाका पुर्व अध्यक्षहरु , संस्थाका संचालक , कर्मचारी लगायत कृषकहरूको उपस्थिति रहेको छ ।

प्रदेश समाचार मुख्य समाचार समाज सहकारी