सामाजिक सञ्जालले भाईरल बनाएको ‘माछापोखरी’

✍️आचँल तिमल्सिना

हेटौँडा/ पर्यटनको प्रचुर संभावना भएको मकवानपुरमा विभिन्न समयमा विभिन्न क्षेत्रमा रहेका ठाउँहरु यतिबेला सामाजिक सञ्जालमा भाईरल बनेका छन । हेटौंडा-५ पिप्लेमा अवस्थित माछापोखरी पछिल्लो समयमा पर्यटकीय गन्तव्य बनेको छ । यस भन्दा अघि सबैको मनोरंजनको गतिलो साधन बनेको माछापोखरीमा अहिले पानि सुकाईएको छ । उक्त पोखरी यतिबेला भाइरल बनेको हो । पछिल्लो समय यहाँ आन्तरिक पर्यटकको भीड लाग्न थालेको हो । पोखरीको पानि सुकेकाले बीचबीचमा धाजा फाटेको छ, जमीन चिरिएको छ । त्यसमाथि हरियो घास पलाएकाले पनि फोटो खिच्न र टिकटक बनाउन युवा युवती उक्त पोखरीमा आकर्षित भएका छन् । यहाँ रमाइलो गर्न आउने पर्यटकको सङ्ख्या समेत क्रमशः बढ्दै गएको छ ।

मकवानपुर सहित आसपासका ठाउँबाट दैनिक सयौको संख्यामा पर्यटकहरु घुम्न आउने गरेका छन, बिशेष गरि साताको शनिबार अत्याधिक भीड हुने गरेको छ । हेटौँडा बजार क्षेत्रमा रहेको यस स’न्दर आकर्षण माछापोखरी ४७.९ हेक्टर क्षेत्रफलमा फैलिएको छ । बर्षौदेखि मर्मत नगरेकाले जिर्ण बन्दै गरेको २० वटा पोखरीको पानि सुकाएर थप खाल्डो बनाउने र डिलरढिस्को ठुलो पार्ने काम प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रले गरिरहेको छ । पोखरीको माटो निकाल्न डोजरको प्रयोग गर्दा भासिने डर भएकाले केहि दिन सुख्खा रहन दिइएको जनाईएको छ ।

हाल केहि पोखरी मर्मत भैसकेका छन् भने केहि मर्मत कै क्रममा छन् । मर्मतकै क्रममा रहेका पोखरी अचानक अहिले सामाजिक संजालमा भाइरल भएको छ । यहाँ टिकटक बनाउन र फोटो खिच्न सयौंको संख्यामा मानिसहरु आउन थालेका छन् । यहाँ ३७ वटा माछापोखरी छन् । जसमा २० वटा पोखरी मर्मत गर्न लागिएको हो । उनका अनुसार अव २ वटा पोखरी मर्मत गर्न बाकि छ जुन अहिले भाइरल भएको छ । बैसाखसम्ममा सबै मर्मत सकेर माछापोखरीमा माछाका भुरा हाल्ने तयारि गरिएको छ ।

मनोरञ्जन समाचार समाज स्थानीय