मेयर महतद्वारा भोर्लेमा पक्की सडकको उद्घाटन्

हेटौँडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ भोर्लेमा कुल १५ लाख रुपैयाँ लागतमा पक्की सडक निर्माणको उद्घाटन् गरिएको छ । यस क्षेत्रमा दुइसय मिटर पक्की सडक निर्माण गरिएको हो ।

उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले भोर्ले सडकको उद्घाटन् गर्दै मेयर महतले हेटौंडाका टोलटोलमा स्थानीय वासिन्दाहरुले पक्की सडकको अनुभुती गर्न पाएको बताएका छन ।

गाउँमा ओझेलमा परेको सडकलाई स्थानीय सरकारले सहयोग गरेको भन्दै स्थानीय वासिन्दाहरुले मेयर महतलाई सम्ममान गरेका थिए । कार्यक्रममा हेटौंडा–१२ का वडा अध्यक्ष ललिलत घलान लगायतकाको सहभागिता रहेको थियो ।

Uncategorized समाज