फागुन २५ गतेदेखि मकवानपुर बहुमुखी क्याम्पसमा सहिद सप्तमह विशेष कार्यक्रम हुदै

हेटौँडा/ हेटौंडा-२ मा रहेको मकवानपुर बहुमुखी क्याम्पसमा सहिद सप्तमह विशेष कार्यक्रम हुने भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस इकाइ समितिले यही फागुन २५ गतेदेखि उक्त कार्यक्रमको आयोजना गर्ने भएको हो । सहिद सप्ताह विषेश अन्तर्गतका कार्यक्रमहरु फागुन २५ गतेदेखि चैत ११ गतेसम्म संचालन हुने छ ।

पढाईसंग अतिरिक्त क्रियाकलापमा रुचि भएका क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी खेलकुद कार्यक्रम आयोजना गर्न लागिएको अनेरास्ववियू ९क्रान्तिकारी० मकवानपुर बहुमुखी क्याम्पस इकाइ समिति अध्यक्ष छोइसाङ स्याङ्तानले जानकारी दिए ।

सहिद सप्ताह विषेश कार्यक्रमअन्तरगत डोरी तान्ने, एक सय मिटर दौड, हाजिरी जवाफ प्रतियोगिता, गजल, वतृत्वकला, म्याराथुन दौड, ब्यटमिन्टन चेस, म्युजिकल चियर, फ्रिफायर र पब्जी प्रतियोगिता संचालन गर्ने साथै उनले इच्छुक विद्यार्थीहरुले सम्बन्धि खेलका संयोजकहरुसंग सम्पर्क गर्न आग्रह गरिएको छ । ।

शिक्षा समाज