नेकपा माओवादी केन्द्रको अर्को बैठक जेठ २० गते बस्ने

हेटौँडा/ नेकपा माओवादी केन्द्रको अर्को बैठक जेठ २० गते बस्ने भएको छ । सोमबार बसेको बैठकले विभिन्न विषयमा छलफल गर्दै जेठ २० गते अर्को बैठक बस्ने निर्णय गरेको हो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेठ २० गते बस्ने बैठकमा पार्टीभित्रका फरक मतलगायतका विविध विषयमा छलफल हुने बताएका छन् । केन्द्रीय समितिको बैठकमा प्रचण्डले नेताहरु कृष्णबहादुर महरा, देव गुरुङ र लीलामणि पोखरेलले राखेको एमसीसीबारेको नोट अफ डिसेन्ट प्रस्तुत गरेका थिए ।
यस्तै नारायणकाजी श्रेष्ठले राखेको फरक मतको बारेमा समेत अर्को बैठकमा छलफल हुने भएको छ ।

राजनीति