अनेरास्ववियुद्वारा सीता माविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

 

T

हेटौंडा / अनेरास्ववियु जिल्ला कमिटी मकवानपुरको महिला बिभागले मकवानपुरको मनहरी गाउँपालिका वडा नं २ स्थित सीता माबीका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

११२ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा
अनेरास्ववियुले विद्यालयमा अध्ययनरत ६० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

माविको शिशु, एक र दुई कक्षामा अध्ययनरत ६० जना विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिएको जिल्ला महिला विभाग प्रमुख स्वेच्छातारा दंगालले बताउनुभयो ।
प्रत्येक विद्यार्थीलाई १ बन्डल कापी, १ दर्जन पेन्सिल, १/१ दर्जन सार्पनर र इरेजर वितरण गरिएको दंगालले जानकारी दिनुभयो ।

अनेरास्ववियु मकवानपुर जिल्ला महिला बिभाग प्रमुख
दंगालको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियु मकवानपुरका उपाध्यक्ष अमृत बर्तौला, सचिव पुष्कर तिमल्सिना, सहसचिवहरु प्रमोद फुयाँल र दिनेश हुमागाइँ लगायत, जिल्ला कमिटिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

मुख्य समाचार समाचार समाज स्थानीय