मंगलबार सुनको मुल्य स्थिर,चाँदीको मुल्यमा गिरावट

हेटौँडा/ मंगलबार नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य स्थिर रहदै तोलाको एक लाख ३ हजारमा कारोबार भइरहेको छ । यसअघि सोमबार पनि सुन तोलाको एक लाख ३ हजारमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख २ हजार ५ सयमा कारोबार भएको महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मुल्यमा भने गिरावट आएको छ । आज चाँदी तोलामा १५ रुपैंयाँले घटेर तोलाको १४१० मा कारोबार भएको महासंघले जनाएको छ ।

अर्थ