पुरुषको शव झुण्डिएको अवस्थामा फेला

हेटौँडा/ मकवानपुरमा एक पुरुषको शव झुण्डिएको अवस्थामा फेला परेको छ । शव हेटौंडा उपमहानगरपालिका वडा नंबर ९ कर्रा स्थित बस्ने २५ वर्षीय सुमन स्याङतानको रहेको छ । सोमबार जिल्लाको भीमफेदी गाउँपालिका वडा नंबर २ चुनियामा शव फेला प्रहरी बागमती प्रदेश प्रहरी कार्यालय,हेटौंडाले जनाएको छ ।

भीमफेदीको चुनिया दुर्गाडाडाँ स्थित जोगी काठको रुखमा शव झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य गरिरहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

समाज