त्रिवि विश्वविद्यालयका पदाधिकारीको राजीनामा माग

हेटौँडा/ काठमाडौं-त्रिभुवन विश्वविद्यालयका तीन प्राध्यापक संगठनले विश्वविद्यालयका पदाधिकारीको राजीनामा माग गरेका छन्। कांग्रेस,माओवादी केन्द्र र एकीकृत समाजवादी निकट प्राध्यापक संघले विज्ञप्ति निकालेर पदाधिकारीलाई मार्गप्रशस्त गर्न माग गरेका हुन् ।

निश्चित राजनीतिक पार्टी र गुट स्वार्थमा लिप्त रहेर अरुलाई लाञ्छना लगाउने कार्य पदाधिकारीबाटै भएको आरोप उनीहरूको छ । उपकुलपतिले अप्राज्ञिक, अमर्यादित अभिव्यक्ति दिएको विज्ञप्तिमा उल्लेख छ ।

वर्तमान पदाधिकारीको नियुक्ति पछि प्राज्ञिक उन्नयनका कुनै नयाँ काम हुन नसेको प्रति असन्तुष्टि जनाइएकको छ।

शैक्षिक क्यालेन्डर लागू गर्ने नसक्नु, पाठ्यक्रमलाई वर्तमानको आवश्यकताका आधारमा समयसापेक्ष रूपमा परिमार्जन र परिवर्तन गर्न नसकेको आरोप लगाइएको छ। विश्व विद्यालयमा पदाधिकारीले आफू खुसी नियम बनाएर आफ्ना भनिएकालाई मात्र सेवा, र सुविधा तथा नियुक्ति दिएको आरोप लगाइएको छ।

एकीकृत प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष प्रा डा गोविन्द सुवेदी, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका सह संयोजक प्रा डा रमेश भट्टराई र प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष सह प्राध्यापक गत तिमिल्सनाले पदाधिकारीको राजीनामा मागेका छन्।

राजनीति शिक्षा समाज