चैत २० गते देखि ३० गते सम्म मेयरकप फूटबल प्रतियोगिता गरिने

हेटौँडा/ हेटौंडा उपमहानगरपालिका नगरखेलकुद विकास समितिलाई पूर्णता दिइएको छ । समितिको अध्यक्ष पहिलेनै चयन गरिएको भएपनि सदस्यहरु चयन गरिएको थिएन ।

अहिले भने सदस्यहरुलाई पनि चयन गरिएको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले बताउनुभयो । नगर खेलकुद विकास समितिको सदस्यहरुमा सूरेश मिजार, विक्रम लामिछाने, अमामदिन अन्सारी, अस्मीता गोले र रुपा ढुंगानालाई चयन गरिएको छ ।

खेलकुद विकास समितिका सदस्यहरुलाई मेयर महतले प्रमाणपत्र वितरण गर्नु भएको छ । नगर अध्यक्ष र सदस्य सचिब गतवर्षनै नियुक्त गरिएको भएपनि सदस्यहरु भने नगरकार्यापालिकाको कार्तिक १० गते बसेको बैठकले नियुक्त गर्ने निर्णय गरेको थियो । खेलकुद विकास समितिको अध्यक्षमा यसअघिनै चन्द्र शाहीलाई चयन गरिएको थियो ।

समितिको सदस्य सचिबमा हिम प्रसाद पौडेल रहनु भएको छ । यसैगरी आउँदो चैत २० गते देखि ३० गते सम्म मेयरकप फूटबल प्रतियोगिता गरिने भएको छ । नगरखेलकुद विकास समितिको पहिलो बैठकले प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरिएको हो । हरेक वर्ष सञ्चालन हुँदै आएको मेयरकप फूटबल प्रतियोगितामा हेटौंडाका १९ वटै वडाका खेलाडीका बिचमा प्रतिस्पर्धा हुने नगरखेलकुद विकास समितिका सदस्य सचिब हिम प्रसाद पौडेलले बताउनुभयो ।

खेलकुद समाज