इन्द्रसरोवरमा बोलेरो गाडी दुर्घटना,चालक तामाङ गम्भीर घाइते

हेटौँडा/ हेटौंडा काठमाण्डौ जोड्ने सडकखण्ड अन्तरगत इन्द्रसरोवर गाउँपालिकास्थित सडकमा बोलेरो गाडी दुर्घटना भएको छ ।

दुर्घटनामा बोलेरोका चालक सिन्धुपाल्चोक जिल्ला घर भएका विजय तामाङ गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइते तामाङलाई थप उपचारको लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान काठमाण्डौबाट हेटौंडा आउँदै गरेको प्र–०३–०१–२४ च ६१८५ नम्बरको बोलेरो इन्द्रसरोबर गाउँपालिका वडा नम्वर २ हेभी भन्ने ठाउँमा अनियन्त्रित भएर सडकबाट करिव १ सय ५० मिटर तल खसेर दुर्घटना भएको हो ।

समाज स्थानीय