हेटौंडामा विप्लव निकट विद्यार्थी सङ्गठनको विरोध प्रदर्शन

हेटौँडा/ एमसीसी तथा सरकारले पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि गरेको विरोधमा विप्लव निकट विद्यार्थी सङ्गठनले मकवानपुरको हेटौडामा विरोध प्रदर्शन गरेको छ।

अखिल क्रान्तिकारी मकवानपुरको नेतृत्वमा हेटौंडामा रहेका विभिन्न क्याम्पसबाट याली सहित निक्लिएको विद्यार्थीको समूहले मुख्य बजार परिक्रमा गर्दै विरोध प्रदर्शन गरेका हुन।

विरोध प्रदर्शनमा एमसीसी मुर्दावाद,नो एमसीसी,पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता गर जस्ता नारा लगाउनै रयाली सिमाचोकमा आएर कोणसभामा परिणत भएको थियो। सदनबाट एमसीसी पारित भएसँगै नेकपा विप्लव सहित ६ दल आन्दोलनमा रहेका छन्।

राजनीति समाचार समाज