सुनचाँदीको मुल्यमा गिरावट

हेटौँडा/ नेपाली बजारमा साताको पाचौँ दिन विहिबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३५ सयले घटेर तोलाको एक लाख २ हजारमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको एक लाख ५ हजार ५ सयमा कारोबार भएको थियो । आज तेजावी सुन तोलाको एक लाख एक हजार ५ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मुल्यमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा ४५ रुपैंयाँले घटेर तोलाको १४०५ मा कारोबार भएको महासंघले जनाएको छ ।

अर्थ