सांसद र पालिका प्रमुखहरुनै धमाधम एमाले प्रवेश गर्दै, के एमालेमा जनलहर आएकै हो ?

काठमाडौँ । वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी हजारौं कार्यकर्तासहित एमालेमा प्रवेश गरेका छन ।

सरावगीले आफ्नो माउ पार्टी जनता समाजवादी पार्टीका हजारौं नेता कार्यकर्ता पनि एमाले प्रवेश गराएका छन । सरावगीसँगै वीरगन्ज महानगरपालिकाका चारजना वडाध्यक्ष र कार्यपालिका सदस्य पनि एमाले प्रवेश गरेका छन् । उनिहरुलाई पार्टी प्रवेश गराउने एमाले अध्यक्ष ओली आज आफै विरगञ्ज पुग्नु भएको थियो । 

यस्तै आजै बारा जिल्लाको आदर्श कोटवाल गाउँपालिकाका अध्यक्ष मुस्तफा अन्सारी शनिबार जनता समाजवादी पार्टी त्यागेर नेकपा एमालेमा प्रवेश गरेका छन् । बाराको जयनगरमा आयोजित विशाल जनसभामा अध्यक्ष अन्सारी आफूनिकट वडाध्यक्ष र पार्टीका नेता कार्यकर्तासहित एमालेमा प्रवेश गरेका हुन् । मुस्तफालाई एमालेमा प्रवेश गराउन अध्यक्ष ओली आफैं बारा पुगेका थिए । मुस्तफाले जसपा लगायत मधेशवादी पार्टीले मधेशी जनतालाई झुक्याएको र एमालेलाई मधेशविरोधी भनिए पनि मधेशको विकासमा केपी ओलीकै पालामा ठूला काम भएको भन्दै आफू एमाले प्रवेश गरेको बताए ।

स्थानीय निर्वाचनमा केन्द्रित हुन अध्यक्ष नेपालको आह्वान « प्रशासन

यस्तै नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मरबहादुर विष्टले पार्टी परित्यागको घोषणा गरेसँगै एमाले प्रवेशको तयारी गरेका छन । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनका आयोजना गर्दै सांसद विष्टले आफ्नो पार्टी माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्यमान्यताविपरीत संसद्‍बाट एमसीसी पारित गरेकाले माओवादी केन्द्र परित्याग गरेको बताए ।उनले पार्टी नेतृत्वले एमसीसीको सम्बन्धमा कार्यकर्तालाई विरोधमा सडकमा उतार्ने र आफूले पर्दा पछाडि अनेक खालका चलखेल गरेको आरोप लगाए । 

प्रदेश सांसद विष्टद्धारा माओवादी केन्द्र परित्याग

यस्तै केहि दिन अघि नेकपा माओवादी केन्द्रबाट निर्वाचित रङ्गेली नगरपालिका प्रमुख दिलीप अग्रवाल , उपप्रमुख केशवकुमारी खराल, वडा नं ७ का वडाध्यक्ष रामचन्द्र मण्डल, वडा नं ५ का वडाध्यक्ष महानन्द मण्डल र वडा नं १ का वडाध्यक्ष महेश खनालसहितका कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्।एमाले जिल्ला कमिटी मोरङद्वारा मोरङको रङ्गेलीमा आज आयोजित तराई मधेश बृहत् जनसभामा एमालेका अध्यक्ष ओलीले उनीहरुलाई एमालेमा प्रवेश गराएका थिए । जनसभामा अध्यक्ष ओलीले आफ्नो पार्टीप्रति जनलहर सिर्जना भएकाले स्थानीय तहको निर्वाचनमा जित हासिल गर्ने दाबी गरेका थिए ।

मुख्य समाचार राजनीति समाज