पार्टीले एमसीसी अनुमोदन नगरे राजीनामा दिने:प्रचण्ड

हेटौँडा/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसी पार्टीबाट अनुमोदन नभए अध्यक्ष पदबाट राजीनामा दिने घोषण गरेका छन्।

प्रदेश १ को पार्टी प्रशिक्षण कार्यक्रममा विराटनगर पुगेका प्रचण्डले विराटनगर विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रचण्डले एमसीसी अनुमोदन हुन नसके आफू पदमा बसि नरहने बताएका हुन्।

नेता नारायणकाजी श्रेष्ठ र राम कार्कीलाई राखेर प्रचण्डले यस्तो बताएका हुन्। पार्टीको निर्णय विपरित अध्यक्ष प्रचण्डले एमसीसी सम्झौता पारित गरेको भन्दै दुवै नेता असन्तुष्ट छन्।

माओवादीले स्थानीय तह निर्वाचन लक्षित पार्टी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ।

मुख्य समाचार राजनीति