सुनचाँदीको मूल्यमा बृद्धि

हेटौँडा/ आइतबार सुनचाँदीको मूल्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज आइतबार सुनको भाउ प्रतितोला २०० रुपैयाँले बढेको हो ।

शुक्रबार प्रतितोला एक लाख २ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनलाई आज एक लाख २ हजार ८०० रुपैयाँ पर्नेछ भने एक लाख २ हजार १०० रुपैयाँ पर्ने तेजावी सुनलाई आज एक लाख २ हजार ३०० रुपैयाँ पर्नेछ ।

यता, चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेको महासंघले जनाएको छ । शुक्रबार प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार २२५ रुपैयाँमा कारोबार हुनेछ ।

अर्थ