कांग्रेसको एक महिने चुनावी अभियान आजबाट सुरु

हेटौँडा/ नेपाली कांग्रेसको स्थायी तहको निर्वाचनलाई लक्षित गरी आजबाट एक महिने चुनावी अभियान सुरु गर्दैछ । कांग्रेसले आजबाट देशभरका ७७ वटै जिल्लामा ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ भन्ने नारासहित चुनावी अभियान सुरु गर्ने भएको हो ।

चुनावी अभियानका लागि कांग्रेसका प्रतिनिधिहरु जिल्ला–जिल्लामा खटिइसकेका छन् । यस अभियानको क्रममा पार्टीका एजेण्डा, राष्ट्रिय मुद्दामा पार्टीको अडान, सरकारका उपलब्धि लगायतका विषयमा जनतालाई जानकारी दिने र जनताबाट सुझावसमेत लिने कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिए ।

डा। महतका अनुसार कांग्रेसको नेतृत्वमा हासिल उपलब्धिबारे जनतालाई जानकारी गराउने, एमसीसीबारेका भ्रमलाई चिर्ने र विगतको सरकारका पालामा भएका असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनतासमक्ष राख्नेछन् ।

Uncategorized मुख्य समाचार राजनीति