बागमती प्रदेशसभा बैठक दिउँसो १ बजे बस्दै

हेटौँडा/ बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । नेकपा एमालेको अवरोधका कारण अनिश्चित बन्दै आएको प्रदेशसभा बैठक करिब ३ महिनापछि आज बस्न लागेको हो । बैठक दिउँसो १ बजेको लागि आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

गत पुस ८ गते स्थगित भएको प्रदेशसभाको नवौं अधिवेशन बैठक यसअघि पटक–पटक मिति तय भएपनि बस्न सकेको छैन । यसअघि बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको पहलमा गत फागुन ४ गते सर्वदलीय बैठक बसेर फागुन १६ गतेका लागि बैठक आह्वान गरिएको भएपनि प्रदेशसभा सचिवालयले फागुन १४ गते नै एक सूचना जारी गरी विषेश कारण देखाउँदै बैठक स्थगित गरेको थियो ।

आज प्रदेशसभा बैठक बस्नु अघि कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेको गरेको छ । बैठक बिहान ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेको प्रदेशसभा सचिवालयको सचिव कृष्णहरि खड्काले जानकारी दिए । उक्त बैठकले आज सदनमा पेश गर्ने कार्यसूचि तय गर्ने उनले बताए ।

मुख्य समाचार राजनीति