बागमती प्रदेशसभा बैठकमा २ वटा बिद्येक पारित, ३ विद्येक पेश

हेटौँडा/ बागमती प्रदेशसभा बैठकमा २ वटा बिद्येक पारित भएका छन् भने ३ वटा विद्येक पेश भएका छन् ।

आइतबार बसेको प्रदेशसभा बैठकमा सामाजिक विकास मन्त्री कुमारी मोक्तानको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले प्रतिवेदनसहित प्रस्तुत गरेको प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येक र पर्यटन तथा संस्कृति मन्त्री दिपेन्द्र श्रेष्ठको तर्फबाट उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदन सहितको प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येक सर्वसम्मतिले पारित भएका छन् ।त्यस्तै, प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनालले २ विद्येक पेश गरेका छन् ।
खनालले प्रदेश विपद व्यस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको बिद्येक, प्रदेश संचारमाध्यम व्यवस्थान ऐन २०७५ लाई संशोधन गर्न बनेको विद्येक र प्रदेश अनुसन्धान व्यूरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको बिद्येक पेश गरेका छन् । त्यसैगरी, खनाले पेश गरेको केही प्रदेश ऐन संशोधन गर्न बनेको विद्येक दफावार छलफलका लागि संसदीय समितिमा पठाउने निर्णय भएको छ । प्रष्ट खबरबाट साभार

मुख्य समाचार राजनीति समाचार समाज