अनेरास्ववियु मकवानपुरद्वारा होलि विशेष कार्यक्रम आयोजना


२ चैत,हेटौडा- नेकपा एमाले निकट विधार्थी संगठन अनेरास्ववियु मकवानपुर बहुमुखी क्याम्पस कमिटीले फागु पुर्णिमा (होलि पर्व) को अवसरमा शुभकामना आदान-प्रदान तथा सांस्कृतिक कार्यक्रम गरेको छ l

अनेरास्ववियु मकवानपुर बहुमुखी क्याम्पस कमिटि संयोजक आशिष कुमार रौनियारको अध्यक्षतामा आज भएको कार्यक्रम अनेरास्ववियु केन्द्रीय स्थायी कमिटि सदस्य सन्तोष पौडेलको प्रमुख आतिथ्यतामा भएको हो l कार्यक्रमको विशिस्ट अतिथि नेकपा एमाले मकवानपुरका सचिब नबिन सिग्देल रहनु भएको थियो ।

कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य किशन घिसिंग, केन्द्रीय सदस्य आशिष अस्लामी मगर , अनेरास्ववियु मकवानपुर अध्यक्ष बिशाल पौडेल, उपाध्यक्ष भुवन मैनाली, सचिब पुस्कर तिमल्सिना, सह-सचिब प्रमोद फुयाल, अखिल फोर्स मकवनापुर तथा स्वयम सेवक बिभाग प्रमुख मनिश मान श्रेष्ठ लागायत विधार्थी नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो l

प्रदेश समाचार मुख्य समाचार राजनीति