काँग्रेसको बागमती प्रदेश कार्यसमितिमा १६ सदस्य मनोनित

हेटौँडा/ नेपाली काँग्रेसको बागमती प्रदेश कार्यसमितिमा १६ सदस्य मनोनित भएका छन् ।

नेपाली काँग्रेस बागमतीका सभापति ईन्द्रबहादुर बानियाँले विधानको धारा १३ ९६० झ बमोजिम उनीहरूलाई मनोनित गरेको बागमती प्रदेश कार्यालयका मुख्य सचिव राजु नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मनोनित हुनेमा निमा लामा सिन्धुपाल्चोक, कृष्णलाल भँडेल भक्तपुर, सन्तबहादुर प्रजा मकवानपुर, प्रभात तामाङ रसुवा, कल्पना नेपाली नुवाकोट, तिलकप्रसाद रुवाली धादिङ, छिरिङ दोर्जे लामा काठमाडौँ, अर्जुन न्यौपाने नुवाकोट, कैलाश कोइराला चितवन, राजु खरेल काठमाडौं, गौरी दवाडी काठमाडौँ, रमेशकुमार बखती ललितपुर, हरिहर अधिकारी काठमाडौँ, राजेश महर्जन ललितपुर, प्रभुराम श्रेष्ठ दोलखा र भगवतीकुमारी खड्का काठमाडौँ छन् ।

राजनीति समाचार समाज