हेटौंडा–८ को वडा कार्यालय तोडफोड गर्नेलाई कारबाही गर्न माग

हेटौँडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ को कार्यालय तोडफोड गर्नेलाई कारबाही गर्न मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ । वडा कार्यालय तोडफोड गर्नेलाई कारबाही गर्न माग गर्दै वडा कार्यालय र वडावासीले आइतबार मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रैमार्फत प्रजिअलाई ज्ञापनपत्र बुझाइएको हो ।

उक्त ज्ञापनपत्रमा गत शुक्रबार वडा कार्यालयमा भएको तोडफोड, गालीगलौज, वडा कार्यालयका महिला जनप्रतिनिधि तथा महिला कर्मचारीमाथि दुव्र्यवहार भएको उल्लेख गरिएको छ । टेबल तोडफोड गर्नुका साथै अध्यक्षको कुसी सडकमा फ्यालेर पेट्रोल लगाई आगजनी समेत गर्न खोजिएको भन्दै वडा कार्यालयले गैरकानुनी र अराजक गतिविधिबाट लज्जित भई अपमानित भएको उल्लेख गरेको छ ।

उनीहरुले घटनामा संलग्नलाई अविलम्ब पक्राउ गरी कानुन बमोजिम हदैसम्मको कारबाही गर्न माग गरेको छ । साथै उनीहरुले वडामा शान्ति सुरक्षा कायम गर्न, निर्वाधरूपमा जनताका सेवा कायम गराइराख्न, महिला कर्मचारीको सुरक्षा गर्न माग गरेको छ । तु खबरबाट साभार

मुख्य समाचार समाज