लागूऔषधसहित गोले पक्राउ

हेटौँडा/ मकवानपुर प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ घर भई हाल हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ डेरा गरी बस्ने २१ वर्षीय अजय गोले रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए ।

शनिबार विशेष सूचनाको आधार पुगेको प्रहरी टोलीले गोलेको डेरामा चेकजाँच गर्दा लुकाई छिपाई राखेको लागूऔषध डाईजेपाम ५८ एम्पुल, फेनारगन ५७ एम्पुल, नफिन ५७ एम्पुल, नाईट्रोभेट ८१ ट्बलेट, ओनाराक्स ३ बोतल, ट्रामाडोल २१ क्याप्सुल बरामद भएपछि निजलाई पक्राउ गरेको प्रहरी निरीक्षक सापकोटाले बताए ।

प्रहरीले गोलेको साथबाट नगद २९ हजार ६ सय ५० रुपैयाँ पनि बरामद गरेको जनाइएको छ । पक्राउ गरेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको मकवानपुर प्रहरीले जनाएको छ ।

समाज