मकवानपुरमा म्यादी प्रहरीमा निवेदन दिनेको भीड

हेटौँडा/ आजबाट म्यादी प्रहरीको भर्नाको लागि निवेदन दिन सुरु भएको छ । आइतबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन दिन युवायुवतीहरूको भीड लागेको छ ।

स्थानीय तह निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीले एक लाख जना म्याद प्रहरीको भर्ना आवेदन आह्वान गरेको हो ।

चैत ६ गतेदेखि चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ। सबै प्रहरी कार्यालयबाट आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका साधारण लेखपढ गर्न जान्ने व्यक्तिले समेत आवेदन दिन सक्नेछन् । ४० दिनको अवधिका लागि हुने पदपूर्तिको छनोट प्रक्रिया चैत १५ गतेदेखि प्रारम्भ हुनेछ ।

समाज