नेपालमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

हेटौँडा/ नेपालमा थप ३७ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ४ हजार ६१ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा २ हजार ७ सय ९८ जनाको पीसीआर परीक्षण गर्दा २८ जना र १ हजार २ सय ६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जना गरी ३७ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ४१ जना पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ३ सय ८२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुने पनि व्यक्तिको निधन भएको छैन ।

समाचार समाज