आज गिरिजाप्रसाद कोइरालाको १२ औँ स्मृति दिवस मनाइदै

हेटौँडा/ पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको १२ औँ स्मृति दिवस आज मनाइदैछ ।

नेकपा माओवादीको १० बर्षे सशस्त्र द्वन्द्वको अन्त्य र २०६२र६३ को आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइरालाको स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ ।

नेपालमा शान्ति स्थापनाका लागि कोइरालाले पुर्‍याएको योगदानको स्मरण गर्दै नेपाली कांग्रेस र भ्रातृ एवं शुभेच्छुक संस्थाले कार्यक्रमको आयोजना गर्ने भएका छन् ।

मुख्य समाचार राजनीति समाचार समाज