एमाले उपाध्यक्ष पौडेलसहितका नेता चीन प्रस्थान

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहितका नेता चीन प्रस्थान गरेका छन्।

पौडेलको नेतृत्वमा स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष पुष्पराज कंडेल र  केन्द्रीय सदस्य मीना रखाल आज विहान चीन गएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। 

चीनको कुन्मिङमा आयोजना हुने ‘इकोनोमिक कोअपरेसन एण्ड कल्चरल एक्सचेन्ज’ कार्यक्रममा सहभागी हुन उनीहरु चीन गएका रिजालको भनाइ छ। 

उनीहरू यही चैत १४ गते मात्रै स्वदेश फर्किने छन्।

मुख्य समाचार राजनीति समाचार