युवा नेता तथा समाजसेवी विकेशलाल श्रेष्ठ लायन्स क्लबको एरिया चिफमा चयन

हेटौँडा/ हेटौंडाका युवा नेता तथा समाजसेवी विकेशलाल श्रेष्ठ लायन्स क्लब इन्टरनेशनल, प्रस्तावित डिस्ट्रिक ३२५ एसको एरिया २ को एरिया चिफमा चयन भएका छन् । प्रस्तावित डिस्ट्रिक ३२५ एसका बारामा भएको प्लानिङ वर्कसप कार्यक्रममा डिष्ट्रिक गभर्नर अमरबहादुर श्रेष्ठले सन् २०२२ र ०२३ का लागि श्रेष्ठलाई एरिया २ का एरिया चिफमा नियुक्त गरेका हुन् ।

उनी लायन्स क्लब अफ हेटौंडा मुक्तिनाथको २०१८ र ०१९ मा अध्यक्ष समेत हुन् । सन् २०१५ र ०१६ बाट लायन्स यात्रामा सक्रिय रहेका श्रेष्ठ मकवानपुरका विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहेका छन् । तु खबरबाट साभार

समाचार समाज