कांग्रेसद्वारा अनाथ अपाङ्ग बाल पुनर्स्थापना केन्द्रमा खाद्यान्न सहयोग

हेटौँडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ स्थित अनाथ अपाङ्ग बाल पुर्नस्थापना केन्द्रमा कांग्रेसले खाद्यान्न सहयोग उपलब्ध गराएको छ । कांग्रेस हेटौंडा–४ अन्तरगतको प्रतिभानगर र चिल्डे«नपार्क टोल कार्यसमितिले शनिवार उक्त सहयोग उपलब्ध गराएको हो ।

कांग्रेसका नेताहरु, आनन्दराम पराजुली, उत्सव इटेनी, प्रदिप कोइराला, हरिप्रसाद पौडेल, रामहरि आचार्य, अर्जुन देवकोटा, रामेश्वर पराजुली, रमेश कोइराला, दिपेन्द्र आचार्य, गोमादेवी उप्रेती, गौतम पौडेललगायतले पुर्नस्थापना केन्द्रकै प्राङ्गणमा पुगेर २१ हजार रुपैयाँ बराबरको उपभोग्य सामान एवम् खाद्यान्न हस्तान्तरण गरेका हुन् । तु खबरबाट साभार

राजनीति समाचार समाज