चुनावमा केन्द्रित राप्रपाले २५ गते काठमाडौंको खुलामञ्चमा शक्ति प्रदर्शन गर्दै

हेटौँडा/ स्थानीय तहको चुनावमा केन्द्रित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही चैत २५ गते काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने योजना सार्वजनिक गरेको छ।

प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार र्‍याली पार्टीको वाग्मती प्रदेश कमिटीले गर्ने भएको हो।

पार्टीको शक्ति प्रदर्शनको रूपमा राजनीतिक सभालाई भव्य र व्यवस्थित बनाउन पार्टीका प्रदेश अध्यक्ष विक्रमबहादुर थापाको संयोजकत्वमा ५ सय ५५ सदस्यीय आयोजक समिति गठन गरिएको छ।

समितिमा काठमाडौं, भक्तपुर र ललितपुरका अध्यक्ष संयोजक छन् भने केन्द्रीय सदस्य आशा लामा सदस्य सचिव छन्। राजनीतिक सभालाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न उपसमिति समेत गठन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

मुख्य समाचार राजनीति समाज