रानी वनले राख्यो मकवानपुरगढी गाउँपालिकाको दुई स्थानहरुमा सिमेन्टको कुर्सी

हेटौँडा/ वन,वातावरण र सामाजिक कार्यमा उदाहरणीय काम गर्दै आएको हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले मकवानपुरगढी गाउँपालिकाको दुई स्थानहरुमा सिमेन्टको कुर्सी राखेको छ। स्थानीय उपभोक्ता, बाटोमा हिड्ने बटुवा, सवारीसाधनको प्रतिक्षामा रहेका व्यक्तिहरुलाई सुविधा पु¥याउने उद्धेश्यका साथ सिमेन्टको कुर्सी राखिएको वन समूहले जनाएको छ। यस अघि समूहले यस आर्थिक वर्षमा समूहको क्षेत्रभित्र १० वटा सिमेन्टको कुर्सी राख्ने योजना रहेको समूहले जनाएको छ।

समूहको चालु आर्थिक२०७८।०७९ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सिमेन्टको कुर्सी राखिएको समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताए।समूहले सोमबार मकवानपुरगढी–३ मक्रान्चुलीमा २ वटा र मकवानपुरगढी–४ कालीखोलामा २ वटा गरि ४ वटा सिमेन्टको कुर्सी राखेको समूहका अध्यक्ष न्यौपानेले जानकारी दिए।

समाज