आचारसंहिता विरुद्ध परेको रिटमाथि सुनुवाइ हुँदै

हेटौँडा/ स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुँदैछ।

निर्वाचन आयोगले जारी गरेको बहालवाला जनप्रतिनिधिले उम्मेदवार बन्न राजीनामा दिनुपर्ने आचार संहिताविरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए। उनको रिट सर्वोच्चले हिजो मात्रै दर्ता गरेको हो। उनले रिटमा यो व्यवस्था संविधान र कानुन विपरित रहेको दाबी गरेका छन्।

संविधानले नै तीन तहको सरकार माने पनि स्थानीय तहका जनप्रतिनिधिले मात्रै राजीनामा दिएर चुनाव लड्नुपर्ने नियम विभेदकारी भएको शेर्पाको तर्क छ। शेर्पाको रिटमा आजका लागि पेशी तोकिएको छ। रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गरे बहालवाला जनप्रतिनिधिले आगामी चुनाव लड्नका लागि राजीनामा दिनुपर्ने छैन।
पुनः उम्मेदवार बन्न बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आचारसंहिताविरुद्ध एमालेले कडा आपत्ति जनाउँदै आएको छ।

मुख्य समाचार समाचार